
नागदह
Nagdaha
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
नागदह नेपालको मध्यमाञ्चल विकास क्षेत्र बागमती अञ्चल, ललितपुर जिल्लाको धापाखेलस्थित सांस्कृतिक महत्त्वको पोखरी हो । विसं २०२१को नापीमा ५२ रोपनी क्षेत्रफल रहेको नागदह अहिले ४२ रोपनी क्षेत्रफलमा खुम्चिएको छ । समिति गठन भएपछि नागदह वरिपरि वृक्षरोपण, वर्षायामको भलपानी पोखरीमा नपसोस् भनेर निकासको व्यवस्था र पोखरी वरिपरि बाटो निर्माण गर्न सुरू गरिएको छ । पोखरीमा माछापालन पनि गरिएको छ । नागदह अवलोकन गर्न आउने आगन्तुक गर्न आउने आगन्तुकका लागि डुङ्गामा सयर गर्न सकिने व्यवस्था पनि मिलाईएको छ । मञ्जुश्रीले तलाउको रूपमा रहेको काठमाडौँ उपत्यकाको पानी चोभारमा गल्छी काटी बाहिर पठाएपछि उपत्यकामा नागदह र टौदह बाँकी रहेको जनविश्वास रहिआएको छ । काठमाडौँ उपत्यकाको सबै पानी सुकेपछि नागहरू यो दहमा आई बसेकाले यसको नाम नागदह रहेको बताइन्छ । सो दहमा नागपञ्चमी र ऋषिपञ्चमीमा ठूलो मेला लागने गरेको छ ।
मुख्य तथ्यहरू
- प्रकार
- तलाउ wd
- अवस्थिति
- ललितपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6246° N, 85.3331° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Nagdaha · CC BY-SA 4.0
- Wikipedia (Nepali): नागदह · CC BY-SA 4.0
- Wikidata item Q6958740 · CC0 1.0
- Image: NagDaha (3544462830).jpg by Prashant Shrestha from Kathmandu, Nepal (CC BY 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नागदह". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/nagdaha?lang=ne. Retrieved 20 November 2026.