DigiNepal
निष्ठानन्द बज्राचार्य
Juju Tuladhar · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

निष्ठानन्द बज्राचार्य

Nisthananda Bajracharya

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

निष्ठानन्द बज्राचार्य नेपालभाषा पुनर्जागरण कालका प्रमुख लेखक मध्ये एक हुन्। उनीलाई नेपालभाषा वाङ्मयमा गद्यगुरु र पुनर्जागरणकालका चार खम्ब मध्ये एकका रूपमा लिइने गरिन्छ। खानी विशेषज्ञ देवराज शाक्यको संगत भएका शिक्षित वैज्ञानिक एवं प्राविधिज्ञमा काठमाडौंका पण्डित निष्ठानन्द बज्राचार्य पनि थिए। निष्ठानन्द बज्राचार्यले नेपालमा पहिलोपटक हातेप्रेस अर्थात् लिथो मेसिन निर्माण गरेका थिए। उनले वि.सं. १९६७-६८ तिर निर्माण गरेको उक्त लिथो मेसिन कन्तुर आकारको थियो। त्यसमा कम्पोज गरिएको अक्षर राखी रोलरले मसी दली त्यसमाथि कागज राखेर छापिन्थ्यो। नेपाल भाषामा लिखित आफ्नो गद्यग्रन्थ 'ललित विस्तार' मुद्रण गर्ने इच्छाअनुसार कलकत्ता गएर अक्षर छाप्ने टाइप किनेर उनले यो मेसिन आप्नै बुद्धिवर्कत लगाएर बनाएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
लेखक wd

स्रोतहरू

  1. Wikipedia (English): Nisthananda Bajracharya · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): निष्ठानन्द बज्राचार्य · CC BY-SA 4.0
  3. Wikidata item Q3420442 · CC0 1.0
  4. Image: NisthanandaBajracharya.jpg by Juju Tuladhar (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"निष्ठानन्द बज्राचार्य". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/people/nisthananda-bajracharya?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख निष्ठानन्द बज्राचार्य बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: NisthanandaBajracharya.jpg — Juju Tuladhar, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व