DigiNepal
हेटौंडा नगरपालिका
Bharatadhikarimb · CC BY-SA 4.0

हेटौंडा नगरपालिका

Hetauda

नेपालमा रहेको एक उपमहानगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हेटौँडा उपमहानगरपालिका मकवानपुर जिल्लाको सदरमुकाम तथा बागमती प्रदेशको राजधानी हो। यो नगर भौगोलिक रूपमा भित्री मधेस भनिने चितवन उपत्यका को पूर्वी छेउ चुरे पहाडी श्रृङखलासँग जोडएर रहेको छ। यो मध्य नेपालको प्रमुख वाणिज्य तथा यातायात केन्द्र हो। यो महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको मिलन विन्दुमा अवस्थित छ। यहाँ हिन्दु, बौद्ध, मुसलमान, इसाई धर्मावलम्बीको बसोवास रहेको छ। नेपालको मन्त्रिपरिषद् अन्तर्गतको सामाजिक समितिले ६१ वटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने निर्णय गरेकोमा हेटौँडालाई पनि नगरपालिकाबाट उपमहानगरपालिकामा विस्तार गरेको थियो। २०७१ वैशाख १५ मा, साविकका पदमपोखरी, चुरियामाई, हटिया र हर्नामाडी गाविसहरूलाई गाभेर तात्कालीन हेटौँडा नगरपालिकाको क्षेत्रविस्तार गरिएको थियो। हेटौँडालाई उपमहानगरपालिका घोषणा गर्दा यसमा वसामाडी गाविसलाई समावेश गरिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
सहर, उपमहानगरपालिका wd
अवस्थिति
मकवानपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
जनसंख्या
84,671 (2011) wd
क्षेत्रफल
261.59 km² wd
उचाइ
345 m wd
आधिकारिक वेबसाइट
hetaudamun.gov.np wd
निर्देशाङ्क
27.4167° N, 85.0333° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Hetauda · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हेटौंडा नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q11285 · CC0 1.0
  4. Image: Sahid Smarak, Hetauda.jpg by Bharatadhikarimb (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 17 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हेटौंडा नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/hetauda?lang=ne. Retrieved 17 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हेटौंडा नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sahid Smarak, Hetauda.jpg — Bharatadhikarimb, CC BY-SA 4.0.

← ठाउँहरू