DigiNepal

हलेसी तुवाचुङ नगरपालिका

Halesi Tuwachung Municipality

खोटाङ जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हलेसी तुवाचुङ नगरपालिका पूर्वी नेपालको कोशी प्रदेशमा रहेको खोटाङ जिल्लामा अवस्थित छ। नेपाललाई सङ्घीय स्वरूपमा लगेर पुनर्संरचना गर्ने उदेश्य अनुरुप स्थापना गरिएको कोशी प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा छ । यस प्रदेशमा समावेश १४ जिल्लाहरू मध्यको खोटाङ जिल्लाको पश्चिम भेगमा रहेका ११ गाउँ विकास समितिहरू समावेश गरिएका छन् । यसलाई नगरपालिका घोषणा गर्दा गाविस बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, बडहरे, दुर्छिम, मङ्गलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खौले तथा राजापानी समेटिएका हुन्। यस हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिम गाउँ विकास समितिको कार्यालय रहेको ठाउँ छापडाँडालाई बनाइएको छ। यसको सीमाना पूर्वमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावा बेसी गाउँपालिका पश्चिममा ओखलढुङ्गा र उदयपुर जिल्ला उत्तरमा रावा बेसी गाउँपालिका र ओखलढुङ्गा जिल्ला तथा दक्षिणमा उदयपुर जिल्ला रहेको छ ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू wd
अवस्थिति
खोटाङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
क्षेत्रफल
280.17 km² wd
आधिकारिक वेबसाइट
halesituwachungmun.gov.np wd
निर्देशाङ्क
27.1700° N, 86.5900° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Halesi Tuwachung Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हलेसी तुवाचुङ नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q31766858 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हलेसी तुवाचुङ नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/halesi-tuwachung-municipality?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हलेसी तुवाचुङ नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू