गृह मंत्रालय ने विदेशी रोजगार के नाम पर धोखाधड़ी और श्रम शोषण को नियंत्रित करने के लिए बनाया स्पेशल टास्क फोर्स, आज से शुरू हुआ काम
मशीन अनुवाद मूल देखें
काठमांडू शहर। विदेशी रोजगार और परामर्श के माध्यम से विदेश भेजते समय नेपाली नागरिकों पर श्रम की धोखाधड़ी और शोषण को समाप्त करने के साथ-साथ इस तरह के अवैध...

काठमाडौँ। वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने क्रममा नेपाली नागरिकमाथि भइरहेको ठगी र श्रम शोषण निर्मूल पार्न तथा त्यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा समूहमाथि सघन अनुगमन र कारबाही गर्न गृह मन्त्रालयले सरोकारवाला निकाय सम्मिलित विशेष कार्यदल गठन गरेको छ।
वैदेशिक रोजगारीका क्रममा एउटा काम देखाएर अर्को काममा लगाउने, करार सम्झौतामा तोकिएबमोजिमको तलब तथा सेवा–सुविधा नदिने, भिजिट भिसामार्फत रोजगारीमा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने तथा विभिन्न कन्सल्टेन्सीहरूले विदेश पठाउने बहानामा गर्ने ठगीजस्ता गम्भीर समस्याहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्ने उद्देश्यले मन्त्रालयले यो कदम चालेको हो।
दुबईमा आयोजित “विश्व प्रहरी शिखर सम्मेलन २०२६” मा सहभागी हुन नोभेम्बर १३ मा संयुक्त अरब इमिरेट्स (यूएई) पुग्नुभएका माननीय गृहमन्त्री गुरुङले अबुधाबीस्थित नेपाली राजदूतावास तथा दुबईस्थित महावाणिज्य दुतावासमा स्थानीय नेपाली समुदायसँग छलफल गर्नुभएको थियो।
नियोग, नेपाली समुदाय तथा विभिन्न सरोकारवालाहरूसँगको उक्त अन्तरक्रियामा वैदेशिक रोजगारीका नाममा नेपाली नागरिकहरू ठगिने र श्रम शोषणमा पर्ने गरेको विषय गम्भीर रूपमा उठेको थियो। जवाफमा गृहमन्त्री गुरुङले अन्तरक्रियामा उठेका समस्याहरू समाधान गर्न तत्कालै ठोस कदम (एक्सन) चाल्ने प्रतिबद्धता व्यक्त गर्दै वैदेशिक रोजगारीका नाममा हुने ठगी र अपराधमा संलग्न जोसुकैलाई पनि उन्मुक्ति नदिइने र देशमा विधिको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको थियो। सोही प्रतिबद्धताको कार्यान्वयन तथा पीडितहरूको गुनासोलाई उच्च प्राथमिकता दिँदै विहिबार मात्र नेपाल आउनु भएका गृह मन्त्रीगुरुगंले समस्याको तत्काल समाधान खोज्ने उद्देश्यले शुक्रबारनै गृह मन्त्रालयमा उच्चस्तरीय बैठक आयोजना गर्नुभयो ।
गृहमन्त्रीको अध्यक्षतामा बसेको उक्त बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव सहित गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलगायतका उच्च अधिकारीहरू, नेपाल प्रहरीका महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का प्रमुख, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पदाधिकारीहरू तथा अन्य सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा वैदेशिक रोजगारीको आवरणमा हुने आर्थिक ठगी, सम्झौताविपरीतको श्रम शोषण, कन्सल्टेन्सीमार्फत हुने ठगी तथा भिजिट भिसाको दुरुपयोग गरी विदेश पुर्याउने प्रवृत्तिलाई तत्काल निरुत्साहित एवं निर्मूल पार्नुपर्ने विषयमा विस्तृत छलफल भएको छ।
छलफलपश्चात् बैठकले विभिन्न सम्बद्ध निकायहरूको प्रतिनिधित्व रहने गरी एक संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले आजैदेखि आफ्नो कार्य प्रारम्भ गर्ने निर्णय गरेको छ। कार्यदललाई वैदेशिक रोजगारीका नाममा हुने ठगी, करार सम्झौताको उल्लङ्घन, कन्सल्टेन्सीहरूबाट हुने ठगी, भिजिट भिसाको आवरणमा हुने मानव तस्करी तथा श्रम शोषणसम्बन्धी गतिविधिहरूको सूक्ष्म एवं सघन अनुगमन गर्ने, ठगीमा संलग्न गिरोह तथा व्यक्तिहरूको पहिचान गर्ने र प्रचलित कानुनबमोजिम कडा कारबाहीको दायरामा ल्याउने कार्यादेश दिइएको छ।
गृह मन्त्रालयले वैदेशिक रोजगारी तथा विदेश पठाउने नाममा हुने यस्ता ठगी र शोषणका घटनाप्रति शून्य सहनशीलताको नीति अपनाउँदै सरोकारवाला निकायहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउने स्पष्ट पारेको छ। साथै, विदेश जाँदा कुनै पनि प्रलोभनमा नपर्न र आधिकारिक प्रक्रिया, करारका सर्त तथा गन्तव्य मुलुकको कानुनी अवस्थाबारे राम्ररी बुझेर मात्र यात्रा गर्न सर्वसाधारणमा समेत अनुरोध गरिएको छ।
Reading is open to everyone. Sign in to react, comment or save.
संबंधित अपडेट
सभी अपडेटनेपाल टेलीकॉम की सेवा गुणवत्ता में सुधार के लिए संचार मंत्री डॉ. तिमिल्सिना का निर्देश
काठमांडू, 4 दिसंबर। सूचना एवं संचार मंत्री डॉ. विक्रम तिमिल्सिना ने मंत्रालय से शिकायत की कि नेपाल टेलीकॉम अपनी सेवा गुणवत्ता में सुधार करने में विफल...
नया
11 साल के बेमेल रहने के बाद महोत्तरी के 240 मूल परिवार को मिला लालपुर्जा
काठमांडू शहर। महोत्तरी के सामसी ग्राम पालिका वार्ड नंबर 5 (पूर्व में पोखरिबिंदा संग्रामपुर वार्ड नंबर 1,2,3,4,5,6,7,8 और 9) के करीब 240 स्वदेशी परिवारों ने माप...
नयासंचार मंत्री डॉ. तिमिल्सिना ने बाढ़ पीड़ितों को राहत वितरण और पुनर्वास कार्य तेज करने का आग्रह किया
काठमांडू, 4 दिसंबरः प्रतिनिधि सभा को नुवाकोट जोन नंबर 1 और सूचना एवं संचार मंत्री डॉ. विक्रम तिमिल्सिना ने बाढ़ प्रभावित रसुवा भोटेकोशी...
नया
जलवायु संकट में कमी और पर्वतीय-महासागर संरक्षण पर नेपाल और वानुआतू के बीच सहयोग पर समझौता
नेपाल और वानुआतू ने जलवायु परिवर्तन के प्रभावों को कम करने, हिमालयी पारिस्थितिकी तंत्र की सुरक्षा और जलवायु क्षति और नुकसान से निपटने के लिए द्विपक्षीय समझौतों पर हस्ताक्षर किए हैं...

एलपीजी गैस सिलेंडर की ज्यादा कीमत पर भंडारण के लिए 2 लाख का जुर्माना
यह काठमांडू में स्थित है। रसोई एलपीजी गैस सिलेंडर पर निर्धारित मूल्य से अधिक कीमत वसूलने वाले स्टोर पर वाणिज्य, आपूर्ति एवं उपभोक्ता हित संरक्षण विभाग ने 2 लाख रुपये का जुर्माना...

फीफा और एएफसी अध्यक्ष के साथ मंत्री पोखरेल की बैठक, एनएफए से प्रतिबंध हटाने की पुष्टि
काठमांडू शहर। शिक्षा एवं खेल मंत्री सस्मित पोखरेल ने विश्व फुटबॉल महासंघ (फीफा) और एशियाई फुटबॉल परिसंघ (एएफसी) के शीर्ष अधिकारियों से मुलाकात...
4 चित्र
Comments 0
No comments yet. Start a respectful conversation.