कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना; तराईमा हुस्सु लाग्ने
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही उच्च पहाडी तथा हिमाली भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ।
महाशाखाले जारी गरेको पछिल्लो मौसम विवरणअनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशका अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। राति तथा बिहानको समयमा तराईका भू–भाग, उपत्यका तथा नदी खोँचहरूमा केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले जनजीवन, स्वास्थ्य तथा यातायात आवागमनमा सामान्य असर पर्न सक्ने तर्फ सचेत रहन महाशाखाले अनुरोध गरेको छ।
यसैगरी, रातिको समयमा समेत कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना कायम रहेको छ।
मौसममा आउने बदलाव र त्यसबाट पर्ने प्रभावबारे अद्यावधिक रहन मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ।
स्रोतः मौसम पूर्वानुमान महाशाखा
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesएक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
गण्डकी, २९ कात्तिक: गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले बढी हो । गत…
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल
काठमाडौँ, २९ कात्तिक: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुन:संरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई…

पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, २९ कात्तिकः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भाग तथा कोशी,…
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
नेपालले गत अगस्ट २६ को बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, जलवायु उत्थानशील पूर्वाधार निर्माण तथा अनुकूलनका कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी) लाई सहयोग बढाउन आग्रह…
Newविश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान…

अनाधिकृत रूपमा बिदामा बस्ने र कार्यालयमा अनुपस्थित रहने ७ इन्जिनियर सरकारी सेवाबाट बर्खास्त
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहने तथा पूर्वस्वीकृतिबिना बिदामा बस्ने सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । मन्त्रालयको २०८३…
New
Comments 0
No comments yet. Start a respectful conversation.