अनाधिकृत रूपमा बिदामा बस्ने र कार्यालयमा अनुपस्थित रहने ७ इन्जिनियर सरकारी सेवाबाट बर्खास्त

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहने तथा पूर्वस्वीकृतिबिना बिदामा बस्ने सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।
मन्त्रालयको २०८३ कात्तिक २० गतेको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणी (अधिकृत स्तर) का ती कर्मचारीहरूलाई सेवाबाट बर्खास्त गरिएको हो ।
मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनाअनुसार सेवाबाट हटाइएकामध्ये छ जना इन्जिनियर लामो समयसम्म कार्यालयमा हाजिर नभई सम्पर्कविहीन रहेको कसुरमा कारबाहीमा परेका हुन् । यसरी कारबाहीमा पर्नेहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेशप्रसाद पौडेल रहेका छन् ।
यसैगरी, विभागीय स्वीकृतिबिना आफूखुसी बिदामा बसेको कसुरमा इन्जिनियर पदमेन्द्रप्रसाद श्रेष्ठलाई पनि सरकारी सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।
कार्यालयको अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै उनीहरूमाथि निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) र (ज) तथा सोही ऐनको दफा ५९ को खण्ड (ख) को (१०) बमोजिम विभागीय कारबाही गरिएको सूचनामा उल्लेख छ ।
यद्यपि, बर्खास्त गरिएका सातै जनालाई भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले सम्बन्धित सबैको जानकारीका लागि उक्त निर्णयसहितको आधिकारिक सूचना सार्वजनिक गरेको हो ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesपृथ्वीनारायण क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्ने तयारी
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना गर्दै गण्डकी प्रदेशस्थित आङ्गिक क्याम्पस पृथ्वीनारायण (पीएन) क्याम्पस, पोखरालाई स्वायत्ततासहित उपाधि (डिग्री) प्रदान गर्ने संस्थाका…
Newप्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
काठमाडौँ, २ मङ्सिरः रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका…
Newमन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत
काठमाडौँ, २ मङ्सिरः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले फिलिपिन्सको मनिलामा आयोजित बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी दोस्रो…
New
नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा
काठमाडौँ, २ मङ्सिरः सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी परिवारले जग्गाको नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।…
Newबाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
नेपालले गत अगस्ट २६ को बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, जलवायु उत्थानशील पूर्वाधार निर्माण तथा अनुकूलनका कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी) लाई सहयोग बढाउन आग्रह…
Newकोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना; तराईमा हुस्सु लाग्ने
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही उच्च पहाडी तथा हिमाली भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ। महाशाखाले जारी गरेको…
Comments 0
No comments yet. Start a respectful conversation.