अपाङ्गता परिचयपत्रदेखि सामाजिक संरक्षणसम्म, अब एउटै डिजिटल प्रणालीमा

अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन र सामाजिक संरक्षण सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले Disability Management Information System (DMIS) लाई Social Information Management System (SIMS) मा प्राविधिक रूपमा एकीकृत गरिएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र UNICEF को सहकार्यमा सामाजिक संरक्षण नागरिक समाज सञ्जाल (SPCSN) मार्फत कार्यान्वयन गरिएको DMIS को SIMS मा एकीकरण कार्य सम्पन्न भएसँगै अपाङ्गता सम्बन्धी सूचना र सामाजिक संरक्षण व्यवस्थापनलाई एउटै डिजिटल प्रणालीमा जोड्ने आधार तयार भएको हो।
प्रणालीको औपचारिक हस्तान्तरण २८ सेप्टेम्बर २०२६ मा सम्पन्न भएको छ। हाल उक्त प्रणाली नेपालका ७५३ वटै स्थानीय तहमा विस्तार भइसकेको छ। यससँगै देशभर अपाङ्गता परिचयपत्र वितरण तथा सम्बन्धित तथ्याङ्क व्यवस्थापनलाई थप व्यवस्थित र एकीकृत ढङ्गले अघि बढाउन सकिने भएको छ।
एकीकृत प्रणालीले अपाङ्गता परिचयपत्र वितरणका मापदण्डलाई मानकीकरण गर्न, तथ्याङ्कको अभिलेखीकरण तथा व्यवस्थापन सुधार गर्न र प्रतिवेदन प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउनेछ। स्थानीय तहदेखि संघीय तहसम्म आवश्यक सूचना सहज रूपमा उपलब्ध हुने भएकाले अपाङ्गता भएका व्यक्तिका लागि लक्षित सामाजिक संरक्षण कार्यक्रमको योजना निर्माण, सेवा प्रवाह र अनुगमनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार डिजिटल प्रणालीको विस्तारले अपाङ्गता भएका व्यक्तिसम्बन्धी तथ्याङ्कलाई विश्वसनीय, व्यवस्थित र प्रमाणमा आधारित निर्णय प्रक्रियासँग जोड्ने महत्वपूर्ण आधार तयार गरेको छ। यसबाट आवश्यकता पहिचान गरी सेवा तथा कार्यक्रमलाई थप लक्षित बनाउनसमेत सहयोग पुग्नेछ।
७५३ वटै स्थानीय तहलाई एउटै डिजिटल प्रणालीमा जोड्दै गरिएको यो एकीकरण अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक संरक्षण सेवालाई थप एकीकृत, तथ्यमा आधारित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण उपलब्धि बनेको छ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता हुँदैन”
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बालबालिकाको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्ने विषयमा कुनै सम्झौता हुन नसक्ने…
2 images
बाढीमा छोरा–बुहारी गुमाए, महिला, बालबालिका मन्त्रालयको दीर्घकालीन स्याहार योजनाअन्तर्गत नातिनातिनीको जिम्मा सरकारले लियो
नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा र बुहारी मात्रै खोसेन, बुढेसकालको सबैभन्दा ठूलो सहारा नै खोस्यो। तर, उहाँको काखमा रहेका तीन जना नाबालक नातिनातिनीको…
1 image
बाढी प्रभावित परिवारलाई ‘समुन्नति कार्यक्रम’मार्फत न्यूनतम १ लाख सहयोग
चाडपर्व नजिकिँदै गर्दा बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले…
3 images
समाज कल्याण परिषद्को ४९औँ स्थापना दिवस तथा ४७औँ सामाजिक सेवा दिवसमा मन्त्री बादीको शुभकामना
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री तथा समाज कल्याण परिषद्की अध्यक्ष सिता बादीले सामाजिक संघसंस्थाको योगदानलाई थप प्रभावकारी, समन्वयित,…
1 imageस्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य, सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्द्धन…
1 PDF
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन
उद्धार गरिएका तथा संरक्षण आवश्यक बालबालिकालाई सुरक्षित आवास, उपचार, मनोसामाजिक सहयोग र परिवारसँग पुनर्मिलनसम्मको सेवा विपद्का कारण परिवारबाट छुटेका, अभिभावक तथा संरक्षकविहीन भएका…
Comments 0
No comments yet. Start a respectful conversation.