एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
गण्डकी, २९ कात्तिक: गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले बढी हो ।
गत वर्षको अक्टुबरमा ३७ हजार ७६ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । मुख्य पर्यटकीय याम भएकाले अक्टुबरमा बढी पर्यटक आउने गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताउनुभयो ।
एक महिनाको अवधिमा भित्रिएका कुल ४१ हजार ७५८ पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १९ हजार २०७ र बाँकी अन्य देशका पर्यटक रहेका छन् । सन् २०२६ सुरु भएयता सबैभन्दा बढी गत जुनमा एक लाख आठ हजार ७०३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका प्रमुख डा कडरियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त याममा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । दश महिनाको अवधिमा सबैभन्दा कम जनवरीमा २० हजार ६३ पर्यटक भित्रिएका उहाँको भनाइ छ । “अक्टुबर-नोभेम्बर मुख्य पर्यटकीय याम भएकाले यतिबेला पर्यटकको सङ्ख्या बढ्ने गर्छ”, उहाँले भन्नुभयो । आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ ।
सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने गरेका छन् । अन्नपूर्ण क्षेत्र पदयात्रा रूचाउने पर्यटककोसमेत रोजाइमा पर्दै आएको छ । संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको हो । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesजलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल
काठमाडौँ, २९ कात्तिक: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुन:संरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई…

पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, २९ कात्तिकः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भाग तथा कोशी,…
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना; तराईमा हुस्सु लाग्ने
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही उच्च पहाडी तथा हिमाली भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ। महाशाखाले जारी गरेको…
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
नेपालले गत अगस्ट २६ को बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, जलवायु उत्थानशील पूर्वाधार निर्माण तथा अनुकूलनका कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी) लाई सहयोग बढाउन आग्रह…
Newविश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान…
मौसम पूर्वानुमान बुलेटिन: देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं, २९ कात्तिक (२०८३) — हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप हाल देशका हिमाली…
Comments 0
No comments yet. Start a respectful conversation.