सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग
सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड पाँच लाख सहयोग गरेको छ ।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले आज उक्त रकम बराबरको चेक अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभयो ।
चेक हस्तान्तरणका अवसरमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सञ्चार सचिव राजेन्द्रप्रसाद पौडेल, अर्थ मन्त्रालयका सहसचिवहरू लगायतको उपस्थिति थियो ।
केन्द्रले उक्त सहयोग आफ्नै आम्दानीबाट जुटाएको जनाएको छ । बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।
केन्द्रले पछिल्लो एक वर्षमा संस्थागत तथा आर्थिक सुधार गर्दै सवारी चालक अनुमतिपत्र र हुलाक टिकट छपाइलगायतका काममार्फत आफ्नो क्षमता विस्तार गरेको जनाएको छ । केन्द्रका अनुसार लामो समयदेखि बाँकी रहेको सवारी चालक अनुमतिपत्रको २७ लाख थान छपाइ छ महिनाभित्र सम्पन्न गरी यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरिएको छ ।
यसअघि सवारी चालक अनुमतिपत्र छपाइका लागि विदेशी मुद्रामा ठूलो रकम खर्च गर्नुपर्ने अवस्था रहेकामा अहिले स्वदेशमै छपाइ हुन थालेपछि विदेशी मुद्रा बचत हुनुका साथै सुरक्षण मुद्रण क्षेत्रमा नेपालको क्षमता विकास भएको केन्द्रको भनाइ छ ।
केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार आगामी दिनमा राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क टिकट, नागरिकता प्रमाणपत्रलगायतका उच्च सुरक्षणयुक्त कागजातसमेत स्वदेशमै छपाइ गर्ने तयारी भइरहेको छ । अन्तःशुल्क टिकट छपाइका लागि आन्तरिक राजस्व विभागसँग आवश्यक कार्यढाँचा निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
राज्यका संवेदनशील कागजात स्वदेशमै छपाइ गर्दा तथ्याङ्क सुरक्षा र राष्ट्रिय सार्वभौमिकता सुदृढ हुनुका साथै विदेशी आपूर्तिकर्तामाथिको निर्भरता घट्ने ढुंगानाको भनाई छ ।
सो अवसरमा अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री तिमिल्सिनाले केन्द्रको क्षमता विस्तार तथा आवश्यक पूर्वाधार विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesदशौँ राष्ट्रिय खेलकुदमा ऐतिहासिक निर्णय : रजत र कास्य पदक विजेतालाई पहिलोपटक नगद पुरस्कार
काठमाडौँ। कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुदमा पहिलोपटक रजत र कास्य पदक विजेता खेलाडीहरूलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ। राष्ट्रिय…
New
फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूलाई भेटवार्ता गर्नुभएको छ । बैंककमा आयोजित एएफसी…
New 4 images
एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना
काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ताले…
New
जलवायु सङ्कट न्यूनीकरण र हिमाल–महासागर संरक्षणमा नेपाल र भानुआटुबीच सहकार्य गर्ने सहमति
नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता…
Newतराई र उपत्यकामा हुस्सु तथा तुवाँलो, हिमाली भेगमा आंशिक बदली
काठमाडौँ, मंसिर ४ देशमा हाल पश्चिमी वायुसँगै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र…
Newस-साना काममा केन्द्र धाउने झन्झट हटाउँदै त्रिवि: विकेन्द्रीकरण विस्तारको गृहकार्य तीव्र
काठमाडौँ- शैक्षिक गुणस्तर उकास्न र प्रशासनिक सेवालाई चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको नीतिलाई थप विस्तार गर्ने भएको छ । स-साना प्रशासनिक कामका लागि पनि…
New
Comments 0
No comments yet. Start a respectful conversation.