फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूलाई भेटवार्ता गर्नुभएको छ ।
बैंककमा आयोजित एएफसी अवार्ड्सको अवसरमा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गर्नुभएको हो । भेटमा मन्त्री पोखरेलले फिफा र एफसीका प्रतिनिधिलाई उपहारसमेत दिनुभएको थियो।
भेटवार्ताका क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेको निलम्बन फुकुवा गर्ने विषयमा पनि सकारात्मक वार्ता भएको मन्त्री पोखरेलले बताउनुभयो। छलफलमा एन्फाको कानुनी प्रक्रिया, तहगत निर्वाचन र निलम्बन फुकुवाका विषय उठेको थियो।
छलफलकै क्रममा एन्फाले पनि तहगत निर्वाचन गर्ने सहमति भएपछि यता राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि एन्फामाथिको प्रतिबन्ध पनि फुकुवा गरेको हो। राखेपले प्रतिबन्ध हटाएसँगै अब फिफाले पनि एन्फामाथिको निलम्बन फुकुवा गर्ने मौखिक सहमति भएको छ। योसँगै सबै प्रशासनिक प्रक्रिया पूरा गरी प्रतिबन्ध फुकुवा हुने प्रक्रियामा जाने बताइएको छ।
Images 4
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesसुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग
सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड पाँच लाख सहयोग गरेको छ…
Newदशौँ राष्ट्रिय खेलकुदमा ऐतिहासिक निर्णय : रजत र कास्य पदक विजेतालाई पहिलोपटक नगद पुरस्कार
काठमाडौँ। कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुदमा पहिलोपटक रजत र कास्य पदक विजेता खेलाडीहरूलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ। राष्ट्रिय…
New
एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना
काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ताले…
New
जलवायु सङ्कट न्यूनीकरण र हिमाल–महासागर संरक्षणमा नेपाल र भानुआटुबीच सहकार्य गर्ने सहमति
नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता…
Newतराई र उपत्यकामा हुस्सु तथा तुवाँलो, हिमाली भेगमा आंशिक बदली
काठमाडौँ, मंसिर ४ देशमा हाल पश्चिमी वायुसँगै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र…
Newस-साना काममा केन्द्र धाउने झन्झट हटाउँदै त्रिवि: विकेन्द्रीकरण विस्तारको गृहकार्य तीव्र
काठमाडौँ- शैक्षिक गुणस्तर उकास्न र प्रशासनिक सेवालाई चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको नीतिलाई थप विस्तार गर्ने भएको छ । स-साना प्रशासनिक कामका लागि पनि…
New




Comments 0
No comments yet. Start a respectful conversation.