श्रवण मुकारुङ
Shrawan Mukarung
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
श्रवण मुकारुङ नेपाली साहित्य जगतमा लोकप्रिय कवि तथा गीतकार हुन्। उनको बिसे नगर्चीको बयान कविता निक्कै चर्चित नेपाली कवितामा गनिन्छ । मुकारुङको जन्म वि.सं. २०२१ साल जेठ २६ गते भोजपुर नेपालमा भएको हो । सर्वश्रेष्ठ गीतकार, राष्ट्रिय कविता महोत्सवमा द्वितीय (२०४८), राष्ट्रिय कविता महोत्सवमा प्रथम (२०५३), युवा स्रष्टा सम्मान (२०५६), रवीन्द्र गीत सम्मान (२०५६), मोहन रेग्मी स्मृति पुरस्कार (२०५९), युवा वर्ष मोती पुरस्कार (२०६०), समय सम्मान (२०६२), लोकेन्द्र साहित्य पुरस्कार (२०६२), जीवन स्मृति पुरस्कार (२०६३), शुभप्रभात काव्य सम्मान (२०६३), स्रष्टा सम्मान (२०६४), विशिष्ट सम्मान (सन्२००७), विशिष्ट सम्मान जस्ता सम्मान तथा पुरस्कारबाट सम्मानित कवि श्रवण मुकारुङ हाल नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभागका प्रमुख हुनुहुन्छ । उहाँको देश खोज्दै जाँदा (२०४९), जीवनको लय ; हिउँको दरबार ; यलम्बर ; फूलको आवाज (२०५५), निष्कर्ष(२०५७), Geaso Movement for Equality ; बिसे नगर्चीको बयान र अन्य कविता आदी प्रकाशित छन् ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Shrawan Mukarung · CC BY-SA 4.0
- Wikipedia (Nepali): श्रवण मुकारुङ · CC BY-SA 4.0
- Wikidata item Q7503437 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"श्रवण मुकारुङ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/shrawan-mukarung?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
दयाहाङ राई