DigiNepal
दिपेन्द्र सिंह ऐरी
Dipendra Singh Airee · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

दिपेन्द्र सिंह ऐरी

Dipendra Singh Airee

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

दीपेन्द्र सिंह ऐरी एक नेपाली क्रिकेट खेलाडी हुन्। अगस्ट २०१८ मा, उनी नेदरल्यान्ड विरुद्ध नेपालको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा खेल्ने एघार क्रिकेट खेलाडीहरू मध्येका एक थिए।चीनको हाङझोउमा भएको १९औँ एसियाली खेलकुदमा ऐरीले मङ्गोलिया विरुद्ध मात्र ९ बलमा टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका थिए। अप्रिल २०२४ मा, उनी एसीसी प्रिमियर कपमा कतारविरुद्ध एक ओभरमा लगातार ६ छक्का प्रहार गर्ने टी-२० आईमा तेस्रो खेलाडी बनेका थिए। नेपालको उत्कृष्ट अलराउन्डरहरू मध्ये एक मानिएका उनी हाल आइसिसी पुरुष खेलाडी वरियता अनुसार विश्वको दोस्रो उत्कृष्ट टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर हुन्। उनको आक्रामक ब्याटिङ कौशलको लागि उनलाई "बाघ" संज्ञा दिइएको छ। उनी नेपाल प्रिमियर लिगको टोली सुदूरपश्चिम रोयल्सको कप्तान समेत हुन्।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
क्रिकेट खेलाडी wd

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Dipendra Singh Airee · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दिपेन्द्र सिंह ऐरी · CC BY-SA 4.0
  3. Wikidata item Q28935471 · CC0 1.0
  4. Image: Dsairee.jpg by Dipendra Singh Airee (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दिपेन्द्र सिंह ऐरी". DigiNepal. Last updated 12 November 2026. https://diginpl.com/people/dipendra-singh-airee?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दिपेन्द्र सिंह ऐरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dsairee.jpg — Dipendra Singh Airee, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व