तीर्थ श्रेष्ठ
तीर्थ श्रेष्ठ
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
तीर्थ श्रेष्ठ नेपाली भाषाका साहित्यकार हुन्। मुख्य रूपले कविता लेख्ने यिनले गीत, गजल, मुक्तक र अन्य विधामा पनि कलम चलाउँछन्। वि.सं.२०१६ साल कार्तिक १६ गते कास्की जिल्ला, पोखराको सिंहनाथ टोलमा पिता धर्मप्रसाद श्रेष्ठ र माता योगमाया श्रेष्ठको जेठो सन्तानका रूपमा जन्मिएको तीर्थप्रसाद श्रेष्ठ साहित्यिक क्षेत्रमा तीर्थ श्रेष्ठको नामले परिचित छन्। यिनको दुई आमामध्ये अर्की आमा पूर्णलक्ष्मी श्रेष्ठका तर्फ दुई भाइहरू र एक बहिनी छिन्। सरल भाषामा गहन अभिव्यक्ति दिन सक्ने यिनको कविताको शक्ति हो। यिनी एक समाजसेवी व्यक्तित्वका रूपमा पनि परिचित छन्। तीर्थ श्रेष्ठ जति सरल भाषामा कविता लेख्छन् उति नै सरल छ यिनको व्यवहार पनि। यसैले यिनी अग्रजपुस्ता, समकालीन र नयाँ पुस्ताबीच उत्तिकै घुलमिल हुन्छन्। पोखरामा सरूभक्त र तीर्थ श्रेष्ठ साहित्यको पर्यायवाची नाम हुन्। सँगसँगै हुर्किएका यिनीहरूले पोखरामा साहित्यक्षेत्रमा मियोका रूपमा सँगसँगै कार्य गरिरहेका छन्। वि.सं. २०३४ सालमा स्थापना भएको पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) मा तीर्थ श्रेष्ठ वि.सं. २०३५ सालमा प्रवेश गरेर वि.सं. २०४० सालमा अध्यक्ष बनेका थिए। पोखराको प्रज्ञा प्रतिष्ठानको रूपमा चिनिने पोयुसांपमा यिनले ३ पटक अध्यक्षको रूपमा योगदान दिए। हाल उनी यस संस्थाको सल्लाहकार छन्। वि.सं. २०४० सालमा फणिन्द्र नेपाल र विनय रावलसँग मिलेर यिनी तरलतावादी आन्दोलनमा पनि लागे। तीर्थ श्रेष्ठका कवितासङ्ग्रह 'तीर्थ श्रेष्ठका कविताहरू', 'जिन्दगीको कुरुक्षेत्रबाट', महाभारतका गीतहरू मुक्तक सङ्ग्रह र मेरै हिमालजस्तो गीत सङ्ग्रह प्रकाशित छन्। श्रेष्ठ राष्ट्रिय प्रतिभा पुरस्कार, युवा वर्ष मोती पुरस्कार, भूपि काव्य पुरस्कार वासुशशी स्मृति पुरस्कार, पहलमान सिंह स्वाँर साहित्य प्रतिभा पुरस्कार, शिरोमणि पुरस्कार, प्रवल जनसेवा श्री पदक आदिबाट पुरस्कृत तथा सम्मानित भएका छन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
स्रोतहरू
- Wikipedia (English): तीर्थ श्रेष्ठ · CC BY-SA 4.0
- Wikipedia (Nepali): तीर्थ श्रेष्ठ · CC BY-SA 4.0
- Wikidata item Q63559289 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तीर्थ श्रेष्ठ". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/people/da39a3ee5e6b-q63559289?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अनुष्का श्रेष्ठ
तिलकराम थारू
रामशरण दर्नाल
सोनी राणा
बसन्ती कुमाल चौधरी
कृष्णमोहन श्रेष्ठ
Samita Bajracharya
शैलेश थापा क्षेत्री
शिवराज आचार्य कौण्डिन्न्यायन
भनभक्त गुरुङ
धीरेन्द्र प्रेमर्षि
नीलकण्ठ उप्रेती