DigiNepal
मुकेश कायस्थ
Krish Dulal · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

मुकेश कायस्थ

मुकेश कायस्थ

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मुकेश कायस्थ नेपालको दोस्रो जनआन्दोलन २०६२/६३ का क्रममा घाइते भएका नेपालका जिउँदो शहीद हुन्। जनआन्दोलनका क्रममा अचेत बनेका बनेपाका मुकेश कायस्थको स्वास्थ्य स्थिति अझै सामान्य हुन सकेको छैन। २०६२ साल चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर अचेत भएका कायस्थलाई काठमाडौंको वीर अस्पतालमा करिब ११ महिनासम्म उपचार गरिएको थियो। जनआन्दोलनमा १५ वर्षीय मुकेशको कन्चटमा गोली लागेको थियो। मुकेश पछिल्लो अवस्थामा मोटाउँदै र स्वास्थ्यमा केही सुधार हुँदै गएको छ। २०६२ साल चैत २७ गते कन्चटमा गोली लाग्दा मुकेश १५ वर्षका थिए। उनले स्थानीय विद्यासागर बोर्डिङ स्कूलमा कक्षा ८ को परीक्षा दिइसकेका थिए।

मुख्य तथ्यहरू

स्रोतहरू

  1. Wikipedia (English): मुकेश कायस्थ · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मुकेश कायस्थ · CC BY-SA 4.0
  3. Wikidata item Q19682615 · CC0 1.0
  4. Image: मुकेश कायस्थ.jpg by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मुकेश कायस्थ". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/da39a3ee5e6b-q19682615?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मुकेश कायस्थ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: मुकेश कायस्थ.jpg — Krish Dulal, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व