लक्षितवर्ग परिचय पत्र प्राप्ति
सेवा दिने कार्यालय · सुर्योदय नगरपालिका
अहिले बन्द · ४:०० बजे बन्द भयो
- आवश्यक कागजात
- १. निर्धारित ढाँचाको निवेदन सहित नागरिकताको प्रतिलिपी २. लक्षितवर्ग प्रमाणित हुने थप कागजातहरु ३. नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी र बाबु वा आमाको नागरिकताको प्रतिलिपी ४. पासपोर्ट साइजको फोटो २ प्रति
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- वडा कार्यालय
- प्रक्रिया
- १. निवेदन सहित तोकिएका कागजात पेश गर्ने २. वडा अध्यक्षबाट सम्बन्धित फाँटवाला कर्मचारीलाई तोक आदेश । ३. निवेदन दर्ता ४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का सहितको सिफारिस तयारी ५. लक्षितवर्ग अभिलेख पुस्तिकामा दर्ता गरी निवेदकलाई प्रमाण पत्र उपलब्ध गराउने ।
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026