वंशज, वैवाहिक अंगीकृत, अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सर्लाही
अहिले बन्द · ४:०० बजे बन्द भयो
- आवश्यक कागजात
- १. ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी सम्बन्धित स्थानीय तहको वडा कार्यालयको सिफारिस २. सक्कल वा झुत्रो नागरिकता वा ना.प्र.प.नम्बर वा जारी मिति खुलेको प्रमाण । ३. बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र.प. लिएका व्यक्तिको हकमा बसाईसराई प्रमाण पत्र, जग्गाधनी पुर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र । ४. नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ । कार्यालयमा अभिलेख कायम नभएको अवस्थामा अ।वश्यक थप प्रमाण सम्बन्धित व्यक्तिको ना.प्र.प.,तीन पुस्ता भित्रको नातेदारको ना.प्र.प. र सनाखत व्यक्ति यकिन हुने स्थानिय तहको सिफारिस
- शुल्क
- रु १५।– को टिकट
- लाग्ने समय
- प्रमाण पुगेकोमा उसै दिन
- काउन्टर / कोठा
- कोठा 12 · प्र.अ. शाखा
- जिम्मेवार
- सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2077-12-01) · जाँचिएको 19 Oct 2026