वंशजनागरिकता (बाबु आमाको नागरिकता यसै जिल्लाको भएको)
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, रसुवा
अहिले बन्द · ४:०० बजे बन्द भयो
- आवश्यक कागजात
- नागरिकता वनाउने मितिमा १६ बर्ष उमेर पूरा भएको हुनुपर्ने । फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा/न.पा. बाट सिफारिस भएको अनुसूची १ फारम जन्मदर्ता, शैक्षिक प्रमाणपत्र र बाबु आमाको नेपाली नागरिकता प्रमाणपत्र । हालसालै खिचिएको अटो साइजको फोटो १ र पासपोर्ट साइजको १ प्रति । नाता खुल्ने एकाघरको/वंशजतर्फका तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्नुपर्ने र निजको नागरिकता । सनाखत गर्नेसंग नागरिकतामा नाम/नाता नखुलेको गकमा नाता प्रमाणित बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र
- शुल्क
- निवेदनमा रु.१०/- को टिकट
- लाग्ने समय
- प्रमाण पूरा भएकै दिन
- काउन्टर / कोठा
- नागरिकता फाँट
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-27) · जाँचिएको 16 Oct 2026